९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको छ: प्रदीप ज्ञवाली

अ+ अ-

गुल्मी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुंगा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले चार महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण कामको थालनी गरेको उल्लेख गरे ।  राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उनको भनाइ थियो ।

देशको राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । पटक पटक सरकार परिवर्तनको खेलले मुलुकमा अस्थिरता बढेको, लोकतन्त्रप्रति जनतामा निराशा पैदा हुँदै जान थालको अवस्थामा मुलुकमा राजनीतिक स्थायित्वका लागि सरकारले काम गरिरहेको उनले बताए ।

“एमालेले सत्तामा बस्दा होस् वा प्रतिपक्षमा, चुनाव जित्दा होस् वा हार्दा सधैँ जनताको पक्षमा काम गर्दै आएको छ”, उपमहासचिव ज्ञवालीले भने । कानुनको नजरमा सबै बराबर भएकाले गल्ती गर्नेलाई सजाय हुने उनको भनाइ थियो ।

एमाले सचिव गोकर्ण विष्टले वर्तमान समयमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्ने र बदनाम गर्ने प्रयत्न भइरहेको बताए । उनले सधैँ नकारात्मकता र निराशाले देश उभो नलाग्ने उल्लेख गर्दै पुराना पार्टीमाथि प्रश्न उठाएर देशमा नयाँ पार्टीले भ्रम पैदा गर्ने काम गरेको आरोप लगाए । बलियो जनाधार र दूर दृष्टि भएका पार्टीलाई कमजोर बनाएर मुलुकमा अस्थिरता बढाउने प्रयत्न कदापी सम्भव नहुने सचिव विष्टको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस