छठ पर्वको अवसरमा शुक्रबार बिहान व्रतालुहरूले जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित लबकी पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै । तस्बिर: निरंजनकुमार साह

छठ पर्वका अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका-४ बडसारमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । हिजो छठी माताको पूजा आराधना एवं अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु भएको छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुले व्रत समापन गर्ने परम्परा रहेको छ । तस्बिर : अनिल यादव

सप्तरीको राजविराज नगरपालिका-३ स्थित कल्टुपोखरीमा शुक्रबार बिहान छठ पर्वको अवसरमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिर : अरुणकुमार यादव

कमलपोखरीमा छठ पर्वका अवसरमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिर : हरिराम भेटुवाल



