२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहद्वारा उपनिर्वाचनका लागि तयारी सुरु, सशस्त्र र नेपाल प्रहरीले बनाए सुरक्षा समिति

अ+ अ-

काठमाडौँ । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि गृह मन्त्रालयले सुरक्षा तयारी सुरु गरेको छ ।

गृह मन्त्रालयले तीन वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग)लाई सुरक्षा तयारी थाल्न निर्देशन दिएसँगै सम्बन्धित सुरक्षा निकायहरूले तयारी थालेका हुन् ।

गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन गरेको छ । प्रहरीका अनुसार कार्य विभागका एसपी सञ्जय सिंह थापाको कमाण्डमा समिति गठन गरिएको हो ।

उक्त समितिले निर्वाचनको सुरक्षाका लागि चाहिने सम्पूर्ण तयारी गर्ने छ ।

समितिले सम्बन्धित ठाउँको अनुगमन, सुरक्षाकर्मी परिचालन, थप जनशक्ति माग, विभिन्न सुरक्षा रणनीतिहरूको अध्ययन गरेर काम गर्नेछ ।

त्यसका लागि उपनिर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखहरूसँग चुनावको क्रममा हुनसक्ने सुरक्षा चुनौती र आवश्यक रणनीतिक योजना समेत केन्द्रीय निर्वाचन सुरक्षा समितिले माग गरेको छ ।

जिल्लाले दिएको रिपोर्टका आधारमा सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने तयारी केन्द्रीय सुरक्षा समितिको छ । उपनिर्वाचन हुने ठाउँ तथा जिल्लाका सुरक्षाकर्मीले नपुगेको अवस्थामा अन्य जिल्लाका सुरक्षाकर्मीहरू मागेर परिचालन गर्नेसम्मको अधिकार केन्द्रीय निर्वाचन सुरक्षा समितिलाई दिइएको छ ।

सशस्त्र प्रहरी बलले पनि गृहको निर्देशनपछि उपनिर्वाचन सुरक्षाको तयारी थालेको छ । सशस्त्रको कार्य विभागका एसएसपी दिग्विजय सुवेदीको कमाण्डमा सशस्त्र प्रहरीले केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरेर काम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस