८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व शान्तिका लागि वैदिक र आधुनिक विज्ञानलाई सँगै लैजानुपर्छ : खिलराज रेग्मी

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विश्व शान्ति, समृद्धि र विकासका लागि वैदिक विज्ञान र आधुनिक विज्ञानलाई एकसाथ लैजानुपर्नेमा जोड दिएका छन् ।

नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनको दोस्रो दिनको कार्यक्रमलाई आज भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले वैदिक विज्ञान विना आधुनिक विज्ञान अधुरो हुने बताए । योग, यज्ञ र ध्यानका माध्यमबाट विश्व शान्ति, समृद्धि र विकासमा सहयोग पुग्ने भनाइ पूर्वअध्यक्ष रेग्मीले राखेका थिए । 

महर्षि महेश योगीले पनि ५० वर्षअघि नेपाल आउँदा हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्वलाई शान्तिको सन्देश दिन सक्ने उद्घोष गरेको उल्लेख गर्दै उनले त्यसलाई साकार बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।

फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले योग, यज्ञ र ध्यानका माध्यमबाट नै विश्व शान्ति, समृद्धि र विकास हुनसक्छ भन्ने महर्षिको वचनलाई आधुनिक विज्ञानले पनि प्रमाणित गरेकाले वैदिक र आधुनिक विज्ञानको सम्मेलन गरिएको जानकारी दिए । 

प्रा. डा. दीर्घराज घिमिरेले उग्रताको शयन गर्न सक्ने शक्ति वैदिक मन्त्रमा हुने उल्लेख गर्दै त्यसका माध्यमबाट आधुनिक विज्ञानले पनि लाभ लिएको बताए । वैदिक दर्शनमा उल्लेख गरिएको ३३ करोड देवतामध्ये रुद्र जेठो भएको उल्लेख गर्दै उनले तिनै रुद्र भगवान्लाई खुसी पार्न गरिने यज्ञ नै रुद्री भएको बताए । 

महर्षि नेपाल आएको स्वर्ण महोत्सवका अवसरमा महासम्मेलनसँगै विश्व कल्याणका लागि अतिरुद्री विराट महायज्ञ पनि आयोजना गरिएको छ । बिहीबारदेखि सुरु भएको महायज्ञ कात्तिक २५ गते सकिने फाउन्डेसनले जनाएको छ । महायज्ञमा भावातीत ध्यान र सिद्धि साधना गरिरहेका एक हजार १११ वैदिक पण्डितले रुद्राभिषेक गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस