६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

अ+ अ-

दाङ । दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे । 

उनी भन्छन्, “आफ्नै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिएका छन् । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । विशेषज्ञ सहितका डाक्टर  गाउँमा आउँदै छन् भन्ने खबर पाएपछि यहाँ आएको हुँ । राम्रोसँग सेवा लिन पाए ।”

त्यस्तै, दङ्गीशरण गाउँपालिका–७ की ६५ वर्षीया माइली थरुनी पनि उक्त शिविरमा उपचारका लागि आइन् । मिर्गौलाको समस्याबाट समेत पीडित उनी स्वास्थ्य शिविरमा सहभागी थिइन्। गाउँमै निःशुल्क स्वास्थ्य शिविरबाट  चिकित्सकले चेकजाँच, उचित सल्लाहसुझाव र औषधि पाउँदा खुसीको अनुभूति भएको उनले सुनाइन् । 

त्यस्तै, स्थानीय शोभा नेपालीले शिविरमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा धेरै राहतको अनुभूति भएको बताइन् । विपन्न परिवारका नागरिलाई लक्षित गरी नेपाली सेना र शान्तिनगर गाउँपालिकाले घरआँगनमा नै स्वास्थ्य शिविर सञ्चालन गरेको हो । नेपाली तल्लो पेट तथा ढाड दुख्ने समस्याबाट पीडित छिन्। 

आर्थिक अभावका कारण आफू बजारका ठूला अस्पतालमा उपचार गर्न जान नसकेको नेपालीले दुखेसो पोखिन् । नेपाली सेना श्री नं १९ बाहिनी अड्डा तुलसीपुरको समन्वय तथा रणसिंहदल गण घोराही दाङ र शान्तिनगर गाउँपालिकाको  संयुक्त आयोजना एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती आँखा अस्पताललगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा शान्तिनगर गाउँपालिका–५ बैसामा  आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सयौँ सर्वसाधारणले आफ्नो स्वास्थ्य परीक्षण का गराएका छन् । 

१९ नं वाहिनी अड्डाका वाहिनी पति सहायक रथी पदमबहादुर बुढाले आर्थिक अभावका कारण उपचारमा पहुँच नपुगेका दुरदराजका  नागरिकहरूलाई उपचारमा  सहयोग पुग्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताए। उनले नेपाली सेनाले जनताको आवश्यकतालाई दृष्टिगत गरी गाउँपालिकाको सहकार्यमा विशेषज्ञसहितको सेवा प्रदान गरिएको बताए । 

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्थानीय जनताको स्वास्थ्यलाई दृष्टिगत गरी नेपाली सेनाको सहकार्यमा शिविर आयोजना गरिएको बताए। स्थानीय स्तरमा विभिन्न रोगको उपचार जनताले सजिलै नपाउँदा खेप्नु परेको समस्यालाई दृष्टिगत गर्दै विशेषज्ञ सेवासहितको निःशुल्क शिविर आयोजना गरिएको उनको भनाइ थियो । शिविरमा दुई जटिल अवस्थाका बिरामीको आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गरिने बताए । 

शिविरमा सात सय ४२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । “गम्भीर बिरामीलाई  काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारका लागि पठाइने छ”, अध्यक्ष बस्नेतले भने । शिविरमा स्त्रीरोग, चर्म रोग, आँखा, दाँत, हाड जोर्नीलगायत विशेषज्ञसहितको सेवा प्रदान गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस