काठमाडौँ । १९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाललाई घरेलु टोली यूएईले एक सय २३ रनको लक्ष्य दिएको छ ।
युएईको अजमानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २२ रन बनायो ।
युएईका लागि रनिथा रजिथाले सर्वाधिक ३३ बलमा ४८ रन बनाइन् । नेपालका लागि रिया शर्माले तीन तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान एक विकेट लिए ।
छनोट खेलमा नेपाल र युएईको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा नेपाल र युएईले जीत हासिल गरेका छन् । बुधवारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।