११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रविधियुक्त सहरीकरणका लागि बलियो सहकार्य आवश्यक : मन्त्री सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन् । 

इजिप्टको कायरोमा सम्पन्न ‘वल्र्ड अर्बान फोरम’मा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिमूलक भएको दाबी समेत गरे । 

उनले भने, “सहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिरहेका अन्तराष्ट्रिय समुदायसँग सम्बन्ध प्रगाढ रहेको छ । आगामी दिनमा सहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रूपमा अघि बढ्ने छ । ” उपप्रधानमन्त्री सिंहले कायरोमा सम्पन्न फोरममा नेपालले सहरीकरणका क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको बताए।  

“जलवायु परिवर्तनले गर्दा सहरमा अतिवृष्टि हुने, बाढी आउने, हिमालमा हिमपहिरो आउँदा विपद्का घटना हुने गरेको छ । तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदूषण कम गर्छ तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नु परिरहेको छ । यसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा संयुक्त राष्ट्रसङ्घसँग कुरा गरेर नेपाललाई सहयोग पुर्‍याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरालाई मैले उठाएको छु”, उपप्रधानमन्त्री सिंहले भने, “आउँदा दिनमा हामीले गरेको प्रयासको लाभ देखिन्छ ।” तथ्य र तथ्याङ्कमा आधारित योजनामा युएनको निरन्तर सहयोगको प्रतिबद्धता रहेको जनाउँदै उनले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । वल्र्ड अर्बान फोरममा नेपालले आफ्ना विषय विश्व मञ्चमा जोडदार रूपमा उठाएको र भ्रमण फलदायी भएको उनले बताए । 

मन्त्रालय तहको छलफलमा ७७ राष्ट्रका सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी थिए  । 

प्रतिक्रिया दिनुहोस