७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब युवाले प्रधानमन्त्री र सचिव बन्ने सपना देख्नुपर्छ : सञ्चार मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । तमु(गुरुङ) विद्यार्थी छोज धिको आजदेखि तनहुँको दमौलीमा सुरु भएको १२औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले भाषा, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताएका हुन् ।

मन्त्री गुरुङले घरमै आफ्नो भाषा बोल्ने संस्कृतिको विकास गर्न सकेमा भाषा संरक्षणमा योगदान पुग्ने बताउँदै छोराछोरीसँग बोल्दा आमाबुबाले मातृभाषा बोल्नुपर्नेमा जोड दिए।

सरकारका प्रवक्ता मन्त्री गुरुङले गुरुङ जातिको मात्र नभई हरेक जनजातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए छ । उनले युवाहरूलाई स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसको लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढ्नु पर्ने धारण राखे ।

‘देशमै बसेर केही गर्ने सकिन्छ भन्ने भावना बोकेर अगाडि बढ्न युवालाई मेरो आग्रह छ । त्यसका लागि प्राविधिक शिक्षा पढ्न आवश्यकता छ जसले आफ्नो खुट्टामा उभिन सघाउ पुग्नेछ ।’ उनले भने ।

फरक प्रसंगमा बोल्दै उनले नेपालको निजामती सुरक्षा निकाय बैंकिङलगायत सबै क्षेत्रमा गुरुङ समुदाय पछाडि परेको र यसमा लाहुरे संस्कृति बाधक रहेको जिकिर गरे।

मन्त्री गुरुङले भने,‘ लाहुरे संस्कृतिले राज्यका निकायमा प्रतिनिधित्व कमजोर बन्यो यस विषयमा गम्भीर भएर सोचौँ र गुरुङ जातीका संघ-संस्थाबाट आएका व्यक्ति नेपालको राष्ट्रिय राजनीतिमा आउनुपर्छ । यी संघ-संस्था हाम्रो शक्ति केन्द्र हुन् यहाँबाट उत्पादन भएका हरेक व्यक्ति नेपालको राजनीतिमा आउनुपर्ने भएको छ। तमु (गुरुङ)विद्यार्थी संगठनमा रहेका युवाहरूले देशको प्रधानमन्त्री, सचिव भने बन्ने सपना देख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस