काठमाडौँ। संसदको अर्थ समितिले सरकारको प्राथमिकताबारे अर्थमन्त्री विष्णु पौडेलसँगै छलफल गर्ने भएको छ ।
समितिमा विचाराधीन विधेयक र जनसरोकारका विषयका सम्बन्धमा समितिका सदस्यहरू आइतबार आन्तरिक छलफलमा जुटेका थिए ।
छलफलबाट समिति सदस्यहरू कुन विधेयक अगाडि बढाउने भनेर अर्थमन्त्रीसँगै छलफल गर्ने तय भएको समितिका एक सदस्यले जानकारी दिए
अर्थमन्त्री पौडेलसँग समय लिएर बैठक राख्ने जिम्मेवारी समिति सभापति सन्तोष चालिसेलाई दिइएको छ ।
संसदको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार विधेयक दफावार छलफलमा छ ।
तर, अर्थ समितिको औपचारिक बैठक गत असोज २ गते यता बस्न सकेको छैन ।