१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वार्थ समूहको बिचौलियासँग कुनै पनि सम्झौता गर्दिनँ : मन्त्री पाण्डे

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरूसँग कुनै पनि खालको सम्झौता नगर्ने बताएका छन् ।

मन्त्री पाण्डेमाथि काँग्रेसकै प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले करोड रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको आरोप लगाएपछि काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वार्थ समूहहरूकै कारण आफूमाथि पनि करोडौँ घुस खाएको अफवाह फैलाएको दाबी गरेका हुन् ।

आफूले निष्ठाको राजनीति गरिरहेको भन्दै उनले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरूसँग प्रतिवाद गर्ने बताए ।

उनले भने, ‘पहिले राजनीतिक व्यक्तिहरू शक्तिशाली हुनुहुन्थ्यो, अहिले स्वार्थ समूहहरू शक्तिशाली भएको मैले देखिराखेको छु । स्वार्थ समूहका मतियारहरू, बिचौलियाहरू बलिया भएको देखिरहेको छु । मैले ३–४ महिनाको यो कामको अनुभवमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारहरूले मलाई मानमर्दन गर्ने गरी, मेरो मनोबल र आत्मविश्वासलाई गिराउने गरी केही प्रचारबाजी गरेको देखेको छु ।’

उनले आफूले कुनै नाममा घुस नखाएको भन्दै पशुपतिनाथको अगाडि उभिएर कसम खान सक्ने बताए ।

उनले थपे, ‘घुस खाएको देख्नुपर्‍यो भने मेरो त्यही बेला नाश होस् भन्ने त्यो संकल्प म यो राष्ट्रदेव पशुपतिनाथको अगाडि उभिएर गर्न सक्छु । त्यो आत्मविश्वासका साथ म राजनीतिमा आएको छु । करोड खाएको कुरा केही अनलाइनहरूलाई प्रयोग गरेर केही बिचौलियाका मतियारहरूले प्रचार गरेका छन् । करोड होइन, कौडी खाएको दिन म पशुपतिनाथको ढोकामा आएर आत्महत्या गर्न, त्यो आत्मविश्वास र प्रतिज्ञासँग राजनीतिमा आएको मानिस हुँ ।’

स्वार्थ समूहको मतियारहरूसँग, बिचौलियासँग कदापि सम्झौता नगर्ने भन्दै मन्त्री पाण्डेले देशको हितको निम्ति जस्तोसुकै कठोर कदम चाल्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस