६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश भ्रमणमा मनोनयन भएका कर्मचारीको विवरण माग गर्दै सरकारी निकायलाई परिपत्र

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, र सम्बन्धित सरकारी निकायहरूलाई विदेश भ्रमणमा मनोनयन भएका कर्मचारीहरूको विस्तृत विवरण तत्काल उपलब्ध गराउन परिपत्र जारी गरेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले माग गरेको विवरण उपलब्ध गराउन भन्दै विभिन्न सरकारी निकायहरूबाट अध्ययन, तालिम, र अध्ययन भ्रमणका लागि मनोनयन भएका कर्मचारीहरूको विवरण अनिवार्य रूपमा पठाउन भनेको हो । यस अनुसार सबै मन्त्रालय र सरकारी निकायहरूले विदेश भ्रमणमा गएका तथा जान तयारीमा रहेका कर्मचारीहरूको विवरण २ दिनभित्र प्रधानमन्त्री कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ।

परिपत्रमा भ्रमणमा सहभागी भएका कर्मचारीहरूको नाम, कार्यरत निकाय, भ्रमणको उद्देश्य, भ्रमण अवधि, र भ्रमण गर्ने देशको विवरण समेत स्पष्ट रूपमा पठाउन भनिएको छ। 

सरकारी स्रोतको दोहन गर्दै मनपरी विदेश जान थालेसँगै अनावश्यक घुमघाम रोक्न यस्तो कदम चालिएको हो । विशेष गरी प्राविधिक मन्त्रालयहरूमा सचिव तथा सहसचिवहरू मन्त्रालयमा कम विदेश बढी जाने गरेको देखिएको छ ।

हालै अजरबैजानमा जारी कोप २९ सम्मेलनमा नेपालबाट वन मन्त्रालयका ३१ कर्मचारीसहित अन्य मन्त्रालयका ५० भन्दा बढी कर्मचारी सहभागी भएको विषय पनि अहिले चर्चामा छ। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत जानकारी माग गरेको छ।

सरकारी प्रक्रियामा विदेशी भ्रमणका लागि कर्मचारीहरू जथाभाबी मनोनयन हुने, पहुँचवाला कर्मचारीले मात्र अवसर पाउने र यसले सरकारी सेवा प्रभावित हुने अवस्थाको विरोध हुँदै आएको छ। विदेश भ्रमणमा सरकारी स्रोतको अनावश्यक खर्च रोक्न र पारदर्शिता सुनिश्चित गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो कडाइ अपनाएको हो।

प्रतिक्रिया दिनुहोस