काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको आज मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
