काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत डीएसपी किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डीएसपी दिपक भारतीलाई भने प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा काजमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी लक्ष्मी खनाललाई नेपाल प्रहरी प्रधानका कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।
