काठमाडौँ । नेपाली काँग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ ।
१६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले जानकारी गराए । काँग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गर्ने इच्छा राखेपनि सम्भव नभएको रावलले बताए । ‘उहाँहरूले हाम्रो उम्मेदवारलाई सहयोग गर्न सक्नुहुन्छ । काँग्रेसको अरु दलको उम्मेदवारलाई सघाउने अवस्था छैन,’ रावलले अनलाइनखबरसँग भने ।
काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको गत माघमा निधन भएकाले उक्त पालिकामा उपनिर्वाचन हुन लागेको हो ।