६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालका लागि फ्रान्सका राजदूत र पोखरा महानगर प्रमुखबीच भेटवार्ता

अ+ अ-

पोखरा । नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच आज भेटवार्ता भएको छ । पहिलो पटक पोखरा पुगेकी राजदूत कार्टेभाल र नगरप्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको हो । 

अन्नपूर्ण हिमाल आरोहणको ७५औँ वर्षका अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताए । उनका अनुसार भेटमा राजदूत कोर्टेभालले सन् २०२५ मा हिमाल आरोहणको ७५औँ वर्षगाँठमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको बताएकी थिइन् । 

फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी विश्वमा पर्वतारोहणको इतिहासको थालनी गरेका थिए । हर्जोगले आफ्ना सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको पहिलो पटक सफल आरोहण गरेका थिए। 

अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको भौगर्भिक परीक्षण (जियोलोजिकल सर्भे)का लागि प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बीचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुईपक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्नेलगायत विषयमा छलफल भएको थियो । 

भेटमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको समेत सहभागिता थियो । महानगर फ्रान्स सरकारसँग अन्नपूर्ण सफाइ अभियानदेखि समग्र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न तयार रहेको नगरप्रमुख आचार्यले बताए । 

आजै जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीसँग महानगरप्रमुख आचार्यको भेटवार्ता भएको महानगरपालिका कार्यालयले जनाएको छ । भेटमा पोखरा र जापानका बीचमा लामो समयदेखि श्रम तथा प्रविधिको आदानप्रदान, पोखरामा जापान सरकारको तर्फबाट सञ्चालित परियोजना र उपलब्धिलगायत विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस