काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू-१९ महिला टोलीका सदस्यहरूलाई नगदसहित सम्मान गर्ने भएको छ ।
क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरूप जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघले जनाएको छ ।
बुधबार भएको निर्णायक खेलमा युएईलाई हराउँदै नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु-१९ महिला विश्वकपमा छनोट भएको थियो ।
त्यस्तै नेपाल यसै वर्ष डिसेम्बरमा मलेसियामै हुने एसिसी यू-१९ महिला एसिया कपका लागि पानी छनोट भएको छ ।