काठमाडौँ । मंसिर महिनाका लागि धेरै वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदर २० वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर घटाएका छन् ।
८ वटाले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमा हिमालयन, एभरेष्ट, प्रभु, नेपाल, सिद्धार्थ, नेपाल एसबीआई, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले भने ब्याजदर बढाएको छ । वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंकले मंसिरमा सबैभन्दा बढी ब्याज दिने भएको छ । सो बैंकले एनआईसीले अधिकतम ६.७९ प्रतिशत ब्याज तोकेको छ भने सबैभन्दा कम लक्ष्मी सनराइज बैंकले दिने भएको छ ।
