६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि जर्मनीका राजदूत डा. थमस प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल र जर्मनबीच ऊर्जा  सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जा मन्त्री खड्काले जर्मनीले नेपालको आर्थिक विकासका लागि गरेको योगदानप्रति आभार व्यक्त गरे । उनले चिलिमे-त्रिशूली प्रसारण लाइन, लेखनाथ-दमौली प्रसारण लाइन, सौर्य ऊर्जा प्रवर्द्धनजस्ता परियोजनामा जर्मन सरकारले गरेको योगदानप्रति कृतज्ञता व्यक्त गरे

मन्त्री खड्काले ऊर्जा क्षेत्रका आवश्यकतालाई सम्बोधन गर्न, क्षेत्रीय सहयोगलाई बढावा दिन र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई प्रवर्द्धन गर्न जर्मन सरकारले सहयोग गरेका परियोजनाबाट निकै सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए भेटमा सहभागी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । ऊर्जा मन्त्री खड्काले भर्खरै सम्पन्न भएको आर्थिक तथा प्राविधिक सहयोग सम्झौतामार्फत नेपालमा जर्मनीले गरेको कुल ५६ मिलियन युरो बराबरको प्रतिबद्धताका लागि धन्यवाद दिए ।

भेटमा नेपालका लागि जर्मनीका राजदूत डा. प्रिन्जले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक प्रसारण लाइन र सौर्य ऊर्जाको विकासका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए । उनले नेपाली जनताको जीवनस्तर उकास्नका लागि जर्मन सरकारले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

भेटमा मन्त्री खड्कासँगै ऊर्जा सचिव आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थविज्ञ अमित श्रेष्ठ, मन्त्रीका निजी सचिव मनोज पन्थलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस