३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानी शहर निर्माणको लागि जग्गा एकीकरणलाई तीव्रता दिन मुख्यमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिको आधारमा अघि बढाउन निर्देशन दिएका छन् ।

सरकारले जग्गा एकीकरण आयोजना सञ्चालक समितिको अध्यक्षमा राप्ती गाउँपालिका-१ निवासी शुशिलकुमार बस्नेतलाई नियुक्त गरेको थियो। कार्तिक १२ गते बसेको पूर्वाधार विकास समितिको २१ औँ बैठकले अध्यक्षमा नियुक्त गरेका बस्नेतलाई आज शपथ ग्रहण गराएपछि मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरण आयोजनालाई तीव्रता दिन निर्देशन दिएका हुन्।

‘यो दीर्घकालीन महत्वको निकै ठूलो जिम्मेवारी हो, फिल्डमा सहमति जुटाउने कामलाई अघि बढाउनुस्, स्रोत साधन जुटाउने काममा सरकार जुट्छ’-मुख्यमन्त्री आचार्यले भने-‘नदी सभ्यतामा आधारित राजधानी शहर बनाउने परिकल्पना सरकारको छ यसलाई साकार बनाउन विवादरहित ठाउँबाट काम अघि बढाउन र त्यसलाई नमुनाको रूपमा प्रस्तुत गर्न आवश्यक छ ।’

राजधानी शहर निर्माणका लागि २० बर्षे योजना निर्माण गरिएको छ। जुन योजना कार्यान्वयन गर्न एक खर्ब बढी बजेट लाग्ने अनुमान छ । पाँच वर्षको लागि २५ अर्ब लगानीको खोजीमा प्रदेश सरकार जुटेको मुख्यमन्त्री आचार्यले बताए । लगानी सुनिश्चित गरेर हरित र सुविधा सम्पन्न शहर निर्माणको योजना बनाइएको हुँदा प्रदेश सरकारले विदेशी दातृ निकायसँग पहल गरिरहेको उनले बताए।

राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको वडा नं १, २ र ३, शितगंगा नगरपालिकाको वडा नं ८ र ९ लाई राजधानी क्षेत्र भित्र समेटिएको थियो ।

राजधानी क्षेत्र भित्रको १२ हजार विगाह जग्गामध्ये यसबर्ष एक हजार विगाह जग्गालाई एकीकरण योजना भित्र राखिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए ।

उनका अनुसार राजधानी क्षेत्रको जग्गालाई १४ ब्लक निर्माण गरिएको छ । पहिलो चरणमा तीन वटा ब्लकबाट जग्गा एकीकरणको काम अघि बढाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस