काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारी माग गरेको छ ।
प्रयोगशालाले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १७ गतेभित्र आवेदन दिन सक्नेछन् ।
