काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
पूर्व सभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।