७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र बंगलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्त्व छ : मन्त्री शाही

अ+ अ-

बाकु (अजरबैजान) । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बंगलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ ।

अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२९) स्थलमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिए।  

भेटमा मन्त्री शाहीले बङ्गलादेश र नेपालबीच जलवायु परिवर्तनको विषयमा धेरै समानता भएकाले यस विषयमा दुई देशको सहकार्यको ठूलो महत्त्व रहेको बताएका छन् । 

साथै उनले बङ्गलादेश र नेपाल बीचको ऊर्जा व्यापार सम्झौतालाई निष्कर्षमा पुर्‍याउन, उनको महत्त्वपूर्ण भूमिका र नेतृत्वका लागि आभार व्यक्त गरे । यसैको परिणामस्वरूप, नेपालले १६ नोभेम्बर २०२४ देखि औपचारिक रूपमा ४० मेगावाट जलविद्युत् बङ्गलादेशलाई निर्यात गर्न सुरु गरेको छ ।

मन्त्री शाहीले भने, “सन् २०२६ को अन्त्यमा हाम्रा दुवै राष्ट्रहरू अति कम विकसित मुलुकको स्तरबाट अघि बढ्ने भएकाले त्यस बेलाका लागि पनि यो सहकार्य अझ महत्त्वपूर्ण हुनेछ ।”

सो अवसरमा बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री हसनले कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालसँग सुदृढ सम्बन्ध र सहकार्य रहँदै आएको बताउँदै आगामी दिनमा थप विस्तार हुने अपेक्षा गरेका थिए। सन् १९७१ मा बङ्गलादेशको स्थापनालगत्तै नेपाल र बङ्गलादेश बीचको द्विपक्षीय सम्बन्ध स्थापित भएको हो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि जारी छ । आगामी मङ्सिर ७ गतेसम्म चल्ने सम्मेलनमा अनुकूलन, हानि–नोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण, क्षमता विकास, अल्पविकसित राष्ट्रहरूको विषय, जलवायु प्रतिकार्यको कार्यान्वयनको प्रभाव, पेरिस सम्झौताको दफा ६, पेरिस सम्झौताको वैश्विक मापन, महासन्धिको दीर्घकालीन विश्वव्यापी लक्ष्यको प्रगति, जस्ट ट्रान्जिसनसम्बन्धी वर्क प्रोग्राम, न्यूनीकरणसम्बन्धी वर्क प्रोग्राम, लैङ्गिक र जलवायु परिवर्तनलगायत विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस