३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशमा लगानी भित्र्याउन दातृ निकायसँग छलफल

अ+ अ-

लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज ब्रिटिस राजदूतावासका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनामा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरे ।

सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनामा साझेदारी गर्न उनले अनुरोध गरे । प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमूना सहर बनाउन लगानी आवश्यक रहेको बताउँदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न उनले आग्रह गरे ।

प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी सहर निर्माण, शिवपुर र कालाकाटे सुरुङमार्ग, बौद्ध सर्किटमा मोनोरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजना अघि बढाउन सक्ने गरी लगानीको क्षेत्रको बारेमा जानकारी गराएको छ ।

शिवपुरदेखि कालाकाटेसम्म सुरु¬ङ मार्गको परियोजना सात किलोमिटरको हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएको छ । त्यसले १८ किलोमिटर बाटो छोटिने भएकाले राजधानीसँग पहुँच सहज हुने देखिएको हो । प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी बोर्डसँग पनि निरन्तर छलफल गरिरहेको छ ।

लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ । प्रदेश सरकारले दोस्रो आवधिक योजनालाई पूर्णता दिन थालेको छ । त्यसमा दिगो विकास लक्ष्यले निर्धारण गरेका लक्ष्य, उद्देश्यसँग जोडेर योजनाको प्राथमिक करण गरिएको समेत मुख्यमन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस