७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कारको आशंकामा नर्वेकी युवराज्ञीका छोरा पक्राउ

अ+ अ-

ओस्लो । नर्वेकी युवराज्ञी मेट्टे-मेरिटका २७ वर्षीय छोरालाई बलात्कारको आशंकामा पक्राउ गरिएको नर्वेली प्रहरीले मंगलबार जनाएको छ ।

मेट्टे-रिटको सन् २००१ मा युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट जन्मेका मारियस बोर्ग होइबीलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ ।

“प्रहरीले बलात्कार बारेमा भन्न सक्ने कुरा के हो भने यो संभोग बिनाको यौन कार्यसँग सम्बन्धित छ, पीडितले उक्त कार्यको प्रतिरोध गर्न असमर्थ भएको बताइएको छ”, उनीहरूले भने । 

पछिल्लो बयानमा, प्रहरीले संदिग्धको घरको खोजी गरेको र ‘जफत’ गरेको बताएको छ ।

बोर्ग होइबीलाई शाही दम्पतीले आफ्ना सौतेनी भाइबहिनी राजकुमारी इन्ग्रिड अलेक्जान्ड्रा (२०), राजकुमार सेभेरे म्याग्नस (१८) सँग हुर्काएको थियो तर उनको कुनै आधिकारिक सार्वजनिक भूमिका छैन ।

अगस्ट ४ मा ओस्लो अपार्टमेन्टमा उनीसँग सम्बन्ध राखेको एक महिलाको रातको विवादपछि शारीरिक क्षतिको आरोप लागेको केही महिनापछि बलात्कारको गिरफ्तारी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यतिबेला महिलाको शयनकक्षको एउटा भित्तामा चक्कु गाडिएको पाएको नर्वेका सञ्चारमाध्यमका रिपोर्टहरूले बताएका छन् । निषेधाज्ञा आदेश उल्लङ्घन गरेको आरोपमा सेप्टेम्बरमा पनि उनलाई पक्राउ गरिएको थियो ।

सोमबार पक्राउ गरिएको बेला उनी अगस्टको घटनाको कथित पीडितसँग कारमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले मङ्गलबार अगस्टको घटनासँग सम्बन्धित शंकामा अब घरेलु दुर्व्यवहार समावेश भएको बताएको छ ।

उनलाई हिरासतमा राख्ने कि नगर्ने भन्नेबारे अझै निर्णय गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

होइबीको जन्म सन् १९९७ मा मेट्टे-मेरिटको सन् २००१ मा नर्वेको सिंहासनका उत्तराधिकारी युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस