११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ : गृहमन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विकास निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।

बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । ‘चुनाव लड्दा हामी आ-आफ्नो पार्टीको झन्डा लिएर जान्छौँ,’ उनले भने, ‘चुनाव जितिसकेपछि विकासका मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ ।’ गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताए ।

‘लोकतन्त्रमा जनताका अधिकार सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने व्यवस्था हो । त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ । यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ । त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्त्वपूर्ण छ,’ उनले भने ।

उनले स्थानीय सरकारले सहजढंगले जनतालाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । ‘हाँसेर बोली दिनुस्, आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ,’ उनले भने, ‘सेवा प्रदान गर्दा जनतालाइै सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस्,’ उनले भने ।

गृहमन्त्री लेखकले देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपले लागि परेको बताए । ‘एमाले र काँग्रेस मिलेर सरकार बनेको छ,’ उनले भने, ‘यो सरकार देशमा स्थीरताका र सुशासन कायम राख्नका लागि बनेको हो ।’

जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको उनले बताए ।

‘एकै महिनामा परिणाम आउँदैन, सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ,’ उनले भने, ‘हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौँ ।’ पछिल्लो समय लागू औषधका कारण दुर्घटना बढेको भन्दै त्यसको नियन्त्रणका लागि पनि स्थानीय सरकार लाग्नु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस