काठमाडौँ । लोक सेवा आयोगले सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम निर्धारण गरेको छ ।
आयोगले बुधबार एक सूचना जारी गदै सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम निर्धारण गरेको जानकारी दिएको हो ।
आयोगको पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५८/०८०/८१ (महिला) नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम (प्राविधिक) श्रेणी, सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुने स्थान, मिति र समय निर्धारण गरिएको छ ।
