काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुकेधारास्थित होटेल मेक्योरलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।
महानगरपालिकाले ४ नम्बर वडामा रहेको होटेल मेक्योरले बाटोमा फोहोर फालेको भन्दै जरिबाना गरेको हो ।
होटेलको फोहोर सडक छेउमा फालेपछि जरिबाना गरेको नगर प्रहरीले जनाएको छ । अबदेखि यस्तो गलत काम नगर्न चेतावनी समेत दिइएको छ छ।