१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई भाडामा अनियमितता रोक्न सहसचिव घिमिरेको नेतृत्वमा कार्यदल गठन

अ+ अ-

काठमाडौँ। नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभाव र कालोबजारी रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव इन्दु घिमिरेको नेतृत्वमा कार्यदल गठन गरेको छ।

मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेका अनुसार बिहीबार मन्त्री स्तरीय निर्णयबाट गठन भएको यस कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य छन्।

सचिव पाण्डेले कार्यदलले बिहीबारदेखि नै काम सुरु गरेको जानकारी दिँदै बेला बेलामा हुने गरेको चर्को भाडा नियन्त्रणका लागि समितिले अध्ययन गरी प्रतिवेदन बुझाउने बताए । ‘आजदेखि नै काम शुरु गरिसक्यो, अब स्थलगत अनुगमन गर्छ, अन्तराष्ट्रिय अभ्यासहरूसमेत हेर्छ सचिव पाण्डेले प्रशासनसँग भने, कसैले बदमासी गरेको रहेछ भने कानुन बमोजिम कारबाही हुन्छ ।’

कार्यदलले कोभिड महामारीको समयमा गरिएको अध्ययन प्रतिवेदनले सिफारिस गरेका कदमहरूको समेत विश्लेषण गर्ने बताइएको छ ।

यस क्रममा, बुधबार पर्यटन मन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक वायुसेवाहरूसँग टिकटको मूल्य र उपलब्धताबारे विस्तृत जानकारी मागेका थिए। मन्त्रालयका अनुसार अधिकांश वायुसेवाले बिहीबार नै आवश्यक विवरण बुझाइसकेको र बाँकी विवरण यो साताभित्र प्राप्त भई सक्नेछन् ।

मन्त्री पाण्डेले बिहीबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका छन्। तर, बैठकमा भएका कुराकानीबारे मन्त्रालयले अझै विस्तृत जानकारी दिएको छैन।

हवाई भाडामा हुने कालोबजारी र अनियमितता रोक्न कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनले सरकारलाई प्रभावकारी कदम चाल्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यद्यपि कुनै विषय उठ्ने बित्तिकै समितिहरू गठन गर्दै प्रतिवेदन बुझाउने र दराजमा एक थानका रूपमा थप्ने चलन पुरानै हो । हेरौँ यसको कार्यान्वयन कति हुन्छ ।

प्रतिक्रिया दिनुहोस