काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गरेका छन् ।
काठमाडौँमा आयोजित जागरण सभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाएकाले सरकारबारे गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताए ।
आफूहरू विरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडने जनाउँदै उनले कागले कान लग्यो भन्दैमा कागका पछि पछि आकाशतर्फ हेरेर कागका पछि पछि दौडन आवश्यक नरहेको बताए ।
उनले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै भने, ‘आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारको ठगी सैह्य हुँदैन । नेपाली जनता आफ्नो अश संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको संकल्पलाई पूरा गर्न अघि बढ्नेछ । नेपाली जनता भ्रममा पर्दैनन् ।’
अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरूले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिरहेको बताए ।