६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैरआवासीय नेपालीले शेयरमा लगानी गर्ने बाटो खुल्यो

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीहरूलाई शेयरमा लगानी गर्ने बाटो खोलिदिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लाई संशोधन गर्दै गैरआवासीय नेपालीहरूलाई शेयरमा कारोबार गर्न पाउने नीतिगत व्यवस्था गरिएको हो ।

संशोधित निर्देशिकाको नाम ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१’ राखिएको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ । नयाँ व्यवस्थाअनुसार सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ ।

शेयर निष्कासन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्कासन गर्नु पर्नेछ । निष्कासन गरिने शेयर गैरआवासीय नेपालीले मात्र खरिद गर्न सक्नेछन् । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्कासन गर्न भने नपाउने व्यवस्था गरिएको छ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ । निष्कासन गरिएको सबै शेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि शेयरको दरखास्त खुला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस