६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगराइनमा नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले पाएनन् तलब

अ+ अ-

जनकपुरधाम । धनुषाको  नगराइन नगरपालिकाअन्तर्गत  विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोधमा आन्दोलनमा हुँदा कामकाज नै प्रभावित भएको छ । 

पटक-पटक ताकेता गर्दा पनि तलब सुविधा नपाएपछि बाध्य भएर दैनिक कामकाज छाडेर आन्दोलनमा उत्रिनुपरेको राजेश्वर निधि माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमकुमार निधिले बताए । उनका अनुसार साउनदेखि नै त्यहाँका १६ वटा विद्यालयका शिक्षक तथा कर्मचारी, कार्यालय सहयोगी, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्यकर्मी, विभिन्न वडाका कर्मचारीले तलब पाएका छैनन् । 

बडादसैँ, तिहार तथा छठपर्वजस्ता महत्त्वपूर्ण पर्वमा समेत तलब नदिएको र हाल दैनिक गुजारा चलाउन पनि समस्या भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको प्रधानाध्यापक निधिको भनाइ छ । “भदौमा तलब सुविधाको माग गर्दै त्यहाँका कर्मचारी तथा शिक्षकले नगरप्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई ज्ञापन पत्रसमेत बुझाएका थियौँ तर हालसम्म पनि त्यसको सुनुवाइ भएन । पछिल्लो समय दैनिक जीवनयापनका लागि अत्यावश्यक वस्तुको जोहो गर्न पनि समस्या भयो, त्यसैले आन्दोलन गर्नुपरेको छ”, उनले भने । 

यहाँ नगरप्रमुख र उपप्रमुख फरक पार्टीका भएकाले सुरुदेखि नै समस्या हुँदै आएको छ । यहाँ नगरप्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधि छन् । यस पटक पनि २०८१-८२ को नगर सभासमेत हुन सकेको छैन । नगरप्रमुख विजय यादवले नगर सभाबाट नीति, कार्यक्रम र बजेट नै पारित नभएकाले तलब खुवाउनसमेत नसकिएको बताए । 

उपप्रमुख राधादेवीले स्थानीय सरकार ऐन सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय सरकार २०७४ लागू नभएसम्म नगरसभा हुन नदिने भन्दै विरोध जनाएपछि सभा बस्न सकेको छैन । उनले आफ्नो माग सम्बोधन हुने अवस्थामा मात्रै नगर सभालगायतका काम अगाडि बढ्ने अडान दोहोर्‍याइन । 

स्थानीय रामेश्वर यादवले नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षको आन्तरिक विवादका कारण नगरपालिकाले समस्या भोगिरहेको बताए । आन्दोलनका कारण अहिले नगरपालिकाको मुख्यद्वारमा ताला लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस