काठमाडौँ । लागु औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गुलरिया नगरपालिका-११ गणेशपुर स्थितबाट लागु औषधसहित दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुलरिया नगरपालिका-२ संगम बस्तीका ३५ वर्षीय विकाश विक र वडा नम्बर-४ बेलौलीका ३० वर्षीय अनिल गोडिया रहेका छन्।
शंकास्पद रूपमा रहेकाले उनीहरूलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो प्लाष्टिकले बेरेर राखेको अवस्थामा ४ सय ४० मिलिग्राम लागु औषधको धुलो फेला परेको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।