७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल

अ+ अ-

ब्रसेल्स । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का प्रमुख मार्क रूटबीच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’ बारे छलफल भएको छ ।

नेटोका फराह दखुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार पाम बिचमा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीच बैठक भएको हो ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले आक्रामक रूपमा युरोपलाई रक्षा खर्च बढाउन दबाब दिएका थिए भने नेटोको निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।

गत नोभेम्बर ५ मा ट्रम्प निर्वाचित भएको दुई दिनपछि नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री रूटले उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप प्रगाढ हुने खतराबारे छलफल गर्न चाहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपतिमा पुनरागमनका लागि ट्रम्पको शानदार विजयले युरोपमा युक्रेनका लागि वासिङ्टनको महत्त्वपूर्ण सैन्य सहायतामा रोक लगाउन सक्ने चिन्ता जगाएको छ।

नेटोका सहयोगीहरूले मस्कोविरुद्धको लडाइँमा किएभलाई राख्नु युरोपेली र अमेरिकी दुवै सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

बुडापेस्टमा हालै आयोजित युरोपेली नेताहरूको बैठकमा रूटले भने, “उत्तर कोरिया, इरान, चीन र निश्चित रूपमा रुसले युक्रेनविरुद्ध मिलेर काम गरिरहेका हामीले देखेका छौँ ।”

उनले भने, “रूसले उत्तर कोरियाबाट सेनालाई ल्याई प्रयोग गरी प्योङयाङलाई टेक्नोलोजी सहयोग गर्दैछ र यसबाट अमेरिका र युरोपको मुख्य भूमिमा खतरा भएकोबारे उनले ट्रम्पसँग छलफल गर्नुभएको छ ।”

प्रतिक्रिया दिनुहोस