काठमाडौँ । पूर्वेली लोक भाकामा पूर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शब्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पूर्वेली लोक भाका सार्वजनिक गरिएको हो ।
माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी विवाह गर्ने र भगाई लाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ ।
विक्रम डिसीको छायाँकन, मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको छ । मौलिक पूर्वेली लोक भाकामा प्रस्तुत गरिएको गीतमा संस्कार र संस्कृतिलाई समेटिएको गायिकाले बताइन । गीतको भिडियोमा विल्सन विक्रम राई, एलिसा राई, सोनाम तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ ।