९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विद्यार्थीसँग प्रशासन’ अभियानः विश्वास र सम्मान अभिवृद्धिका लागि परासी प्रशासनको पहल

अ+ अ-

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) : नयाँ पुस्ताको प्रशासनप्रति विश्वास बढाउने र देशप्रतिको सम्मानलाई थप मजबुत बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु गरेको छ।

सरकारी सेवाहरूको महत्त्व र पहुँचबारे जानकारी गराउँदै विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्नका लागि यो अभियान सुरु गरिएको हो। यस अन्तर्गत तीन महिनाभित्र जिल्लाका सबै पालिकाका कम्तीमा १२ वटा विद्यालय र कलेजमा पुगेर विद्यार्थीहरूसँग छलफल र प्रस्तुतीकरण गरिने योजना रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रशासनलाई जानकारी दिए । 

यो अभियानको औपचारिक शुभारम्भ मंसिर ७ गते शुक्रवार बिहान ८ बजे कावासोतीस्थित मध्यविन्दु क्याम्पसबाट गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्ला प्रहरी, ट्राफिक, राजस्व कार्यालयका अधिकारीहरू, पत्रकार र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारी पोखरेलले यो अभियानले प्रशासनप्रति विश्वास बढाउन र देशप्रतिको सम्मानलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “विद्यार्थीहरूसँगको प्रत्यक्ष संवादले प्रशासनप्रति नयाँ पुस्ताको विश्वास बढाउनका साथै देशप्रतिको सम्मान र जिम्मेवारीको भावना पनि जागृत गराउनेछ।”

कार्यक्रममा सहभागी सरकारी अधिकारीहरूले विद्यार्थीहरूलाई सरकारी सेवाहरूको प्रक्रिया, जिम्मेवारी र सेवाहरूको उपयोगिताबारे जानकारी गराएका थिए। साथै, विद्यार्थीहरूले आफ्ना जिज्ञासाहरू राख्ने र प्रशासनसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए।

‘विद्यार्थीसँग प्रशासन’ अभियानले सरकारी कार्यालय र नयाँ पुस्ताबिचको दूरी घटाउन र सरकारी सेवाहरूको प्रभावकारिता बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। यो अभियानले विद्यार्थी र प्रशासनबिचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सार्वजनिक सेवाको प्रभावकारिता बढाउने विश्वास अधिकारीहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस