काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंकले बढेको छ।
सोमबार यो सेसनमा नेप्से परिसूचक १४.८७ अंकले बढेर २६८२.२८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स भने ३.५८ अंकले बढेको छ।
प्री-ओपन सेसनमा ६० वटा स्क्रिप्सको १७ हजार ५१२ कित्ता सेयर १ करोड ७४ लाख ४० हजार ५९४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएका ३७ स्टक्सको मूल्य बढ्दा २१ वटाको घटेको छ भने बाँकी १ स्टकको मूल्य भने यो समयमा स्थिर रहेको छ ।