७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले १६ दिने अभियान अन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने भएको छ ।

राज्यले कुनै सहयोग नगर्ने र १६ दिनसम्म मात्र अभियान चलाउँदै उपलब्धि नहुने भन्दै यस वर्ष लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने महानगरपालिकाले जनाएको छ ।

हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ । तर महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले १६ दिन मात्र अभियान चलाउनु देखावटी हुने टिप्पणी गरेका छन् ।

प्रवक्ता मानन्धरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका लैंगिक हिंसाविरुद्धका कार्यक्रममा राज्यका अन्य सम्बद्ध निकाय र पदाधिकारीहरूबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको पृष्ठभूमिमा देखावटी रूपले कृत्रिमता प्रदान गर्ने गरी १६ दिनलाई मात्र लैंगिक हिंसा विरुद्धको अभियानका नाममा कार्यक्रम सञ्चालन गर्नु नाटकीय हुने र नैतिकताका आधारमा समेत जायज मान्न सक्ने भएकाले यस वर्षको उक्त अभियान अन्तर्गत कुनै पनि कार्यक्रम तथा गतिविधिहरू काठमाडौं महानगरपालिकाद्वारा सञ्चालन नगरिने।’

तर लैंगिक हिंसाविरुद्धका वार्षिक कार्यक्रमहरू भने निरन्तर सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । यस अभियान अन्तर्गत काठमाडौँ महानगरपालिकाले वर्षभर लैंगिक हिंसा विरुद्धमा कार्य गर्ने गरी आवश्यक नीति, कानुन, कार्यक्रम र बजेट तर्जुमा गरी सञ्चालन गर्दै आइरहेको जनाएको छ । काठमाडौं महानगरमा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रम सञ्चालनमा छ ।

यस कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जोखिममा परेका, विशेष संरक्षणको आवश्यकता भएका र घरेलु बाल श्रमिकका रूपमा श्रम शोषण तथा यौन शोषणमा परेका बालबालिकाको उद्धार गर्दै आएको छ । उनीहरूका लागि अस्थायी संरक्षण, स्वास्थ्य उपचार, कानुनी उपचार, शैक्षिक सुविधा पनि उपलब्ध गराइरहेको महानगरपालिकाले जनाएको छ ।तर आफ्ना कार्यक्रममा राज्यबाट असहयोग भएको महानगरपालिकाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस