६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन भ्रमणमा ऋणसँग सम्बन्धित कुनै योजना सम्झौता हुँदैन : प्रधानमन्त्री ओली 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा वीआरआईलाई लक्षित गर्दै ऋणसँग सम्बन्धित कुनै योजनामा सम्झौता नहुने बताएका छन् ।

चीन भ्रमणबारे परामर्श लिनको लागि सिंहदरवारमा भएको पूर्वप्रधानमन्त्री र सरोकारवालासँगको छलफलमा लोनसँग सम्बन्धित कुनै सम्झौता नगर्ने प्रधानमन्त्रीले जानकारी गराएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले यो भ्रमणमा लोनसँग सम्बन्धित कुनै सम्झौता गर्दिनँ भन्नुभयो । तर, हामीले ठिक छ यो भ्रमणमा लोन सम्झौता गर्नुहुन्न भने यो तपाईँको कुरा भयो । तर, चीनसँग लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो असाध्यै आपत्तिजनक कुरा हो भन्ने राखेका छौँ ।’

उनले वीआरआईबाट लोन लिनै हुँदैन भन्ने कुरा पूर्वाग्रही भएको टिप्पणी गरे । उनले विश्वका दुई तिहाइ देशलाई लाभदायिक भएको वीआरआई नेपाललाई मात्रै अहित नहुने तर्क गरे ।

बीआरआई परियोजनाको विषयमा सत्तारुढ दलहरूबीच मतऐक्यता हुन सकिरहेको छैन । यही विषयले गठबन्धनमा कुनै समस्या नआओस् भनेर दुवै दलको तर्फबाट गठित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ । काँग्रेस वीआरआई अन्तर्गत कुनै पनि हालतमा ऋण स्वीकार नगर्ने पक्षमा छ ।

यो विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रधानमन्त्रीलाई देशको हितमा भएको भन्दै नेपालले लाभ लिनुपर्ने बताएका थिए । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा। प्रकाशचन्द्र लोहनीले देश र जनताको आवश्यकता छिमेकी मुलुकसँग ऋण लिनुपर्ने बताए ।

बीआरआई ऋणमा लिने कि अनुदानमा भन्ने सन्दर्भमा अनुदान भनेर नेपालले टोपी नै थाप्न नहुने उनको भनाइ छ । उनले अहिले यो सम्झौतामा हस्ताक्षर नभए पनि सरकारले नीतिगत रूपमा सम्झौता नै नगर्ने भन्ने निर्णय गर्न नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस