६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शे-फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड

अ+ अ-

डोल्पा । शे-फोक्सुण्डो गाउँपालिकाले खानेपानी, सिँचाइ, शौचालय, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिई बजेट व्यवस्था गरेको छ ।

साल्दाङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा यही मंसिर ९ र १० गते बसको १६औँ  हिउँदे गाउँसभाले पालिकावासीको मागलाई सम्बोधन गर्ने गरी स्थानीय जनतासँग प्रत्यक्ष रूपमा जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानीलगातयका क्षेत्रलाई प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष धावा सम्दुक गुरुङले जानकारी दिए । उनले स्थानीय पालिकाको सीमित स्रोतसाधनबाट मात्र जनताको माग पूरा गर्न नसकिने देखिएकाले डोल्पा जिल्लास्थित गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा विकास योजना सम्पन्न गर्ने पक्षमा गाउँ सभा रहेको स्पष्ट गरे ।

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको साल्दाङस्थित पालिका कार्यालयले यस आर्थिक वर्षअन्तर्गत हिउँदे अधिवेशन गर्ने पहिलो पालिका भएको दाबी गर्दै बेरुजु फर्स्योटलाई प्राथमिकता दिई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सो पालिकाले स्थानीय गैरसरकारी संस्था एलआईएसपीसँगको साझेदारीमा औचित्य र आवश्यकताका आधारमा तीन करोड रुपैयाँ वडाहरूलाई बाँडफाँड गरेको पालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस