१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषा पुगेर देउवाले भने-संघीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छ

अ+ अ-

महेन्द्रनगर (धनुषा) । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरूका कारण देश परिवर्तन भएको बताएका छन् । 

उनले स्व. ठाकुरको योगदान स्मरण गरे। लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि काँग्रेसको सशस्त्र आन्दोलनका क्रममा बम प्रहार गर्न खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताएका प्रजातान्त्रिक योद्धा स्व. ठाकुर जस्ता नेताकै कारण मुलुकमा संघीय लोकतन्त्र प्राप्त भएको उनले बताए । 

सभापति देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताए । त्यसका लागि संघीय लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने उनको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद भएकाहरूले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको उनले उल्लेख गरे ।

नेपाली काँग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले स्व. ठाकुरको सपना साकार पार्न संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताए । 

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली काँग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाको निर्माण गर्नुका साथै जनताको अधिकार प्राप्तिमा योगदान पुर्‍याएको उल्लेख गरे । 

नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधानसभाका सदस्य रश्मी ठाकुर, नेपाली काँग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, पूर्वमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले  मन्तव्य राखेका थिए । 

रु. २५ लाख लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमाको संरचना निर्माण भएको हो । नेपाली काँग्रेसका सभापति देउवाले स्व. ठाकुरकी धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस