काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स(युएई) मा सुरु हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई आज बिदाइ गर्दैछ।
दुबईमा शुक्रबार सुरु हुने एसिया कपका लागि नेपालले शनिबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो। टोलीको आज दिउँसो साढे १२ बजे नागपोखरीस्थित एक ब्यांक्वेटमा बिदाइ कार्यक्रम राखिएको क्यानले जनाएको छ।
एक दिवसीय एसिया कप क्रिकेट मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । समूह बीमा रहेको नेपालको पहिलो खेलमा मंसिर १४ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश र अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्ने तालिका छ।
प्रतियोगितामा एसियाका आठ देशले सहभागिता जनाउँदै छन्।