१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ महिनामा त्रिभुवन विमानस्थलबाट सवा ५३ अर्बको वैदेशिक व्यापार

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार महिना (साउन-कात्तिक) अवधिमा सवा ५३ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार त्रिभुवन विमानस्थल नेपालको मुख्य भन्सार बिन्दुमध्ये एक हो । काठमाडौँ विमानस्थलबाट ४० अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ७.९७ प्रतिशत हो । यस वर्ष पहिलो चौमासिकमा ५ खर्ब १३ अर्ब बराबर वैदेशिक व्यापार भएको छ ।

यो विमानस्थलबाट चार महिनामा १२ अर्ब ३५ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । तेस्रो मुलुकमा वस्तु निर्यात गर्न त्रिभुवन विमानस्थल बढी प्रयोगमा आउने गर्छ । कुल निर्यातमा काठमाडौं विमानस्थलको हिस्सा २३.४५ प्रतिशत छ ।

यस वर्ष पहिलो चौमासिकमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । नेपालमा कुल २८ भन्सार बिन्दुबाट व्यापार भएको छ । जसमध्ये आयात र निर्यात दुवैमा वीरगञ्ज मुख्य बिन्दु हो । नेपालका अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट भने वैदेशिक व्यापार नगन्य छ । त्यसमा पनि पोखराबाट भने शून्य छ ।

प्रतिक्रिया दिनुहोस