११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक पर्यटकको रोजाइमा शे-फोक्सुण्डो ताल

अ+ अ-

डोल्पा । हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे-फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी  छ । 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत साउनदेखि कात्तिकसम्ममा स्वदेशी र विदेशी गरी एक हजार छ सय ३२ पर्यटक फोक्सुण्डो ताल क्षेत्रमा आएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक आउने क्रम जारी छ । 

बितेका पाँच महिनामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र अन्य राष्ट्रका गरी तीन सय २६ जना पर्यटकले शे-फोक्सुण्डो घुमेका र त्यसबाट रु १० लाख ५३ हजार राजस्व सङ्कलन  भएको उनले बताए।

चालु आर्थिक वर्षको सुरुदेखि कात्तिकसम्म वन पैदावार बिक्री, पर्यापर्यटन, दण्ड सजायलगायत शीर्षकबाट रु ६५ लाख ७० हजार छ सय ८८ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, शे-गुम्बा, धो तरापजस्ता सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य डोल्पामै पर्ने भएकाले  केही वर्षयता आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको त्रिपुरासुन्दरी नगरपालिका-१ का लक्ष्मण देवकोटाले बताए ।

नेपालगञ्ज-डोल्पा उडान नियमित गरेमा, भेरी करिडोरको सुधार तथा सुविधायुक्त होटलको व्यवस्था भएमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुने उनी बताउछन्। व्यापार, व्यवसाय प्रवर्द्धनका हिसाबमा डोल्पालीलाई विदेशीभन्दा  स्वदेशी पर्यटक आउँदा फाइदा हुने सदरमुकाम दुनैका होटल व्यवसायीहरू बताउँछन् ।

नेपालगञ्ज–सुर्खेत–जाजरकोट–रुकुम हुँदै मोटरसाइकल र गाडीमा सजिलै दुनैसम्म पुग्न सकिने भएकाले पनि विमानमा भन्दा अधिकांश पर्यटक मोटरसाइकल चढेर यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस