६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वारागुङ गाउँपालिकाद्वारा लोगो, झण्डा र गान डिजाइन लेखन सम्बन्धी प्रस्ताव आह्वान

अ+ अ-

काठमाडौँ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले लोगो, झण्डा र गान डिजाइन लेखन सम्बन्धी प्रस्ताव आह्वान गरेको छ ।

गाउँकार्यपालिकाको कार्तिक २७ को निर्णयानुसार गाउँपालिकाको आफ्नो छुट्टै लोगो, झण्डा र गान डिजाइन/लेखनको लागी प्रस्ताव आह्वान गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले विभिन्न सर्तका अधीनमा रही लोगो, झण्डा र गान डिजाइन/लेखन गरी यही मंसिर मसान्तसम्म कार्यालयमा पेश गर्नुपर्ने बताए ।

गाउँपालिकाले लोगो डिजाइन सम्बन्धमा समग्र गाउँपालिकाको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक चरित्र झल्कने प्रकृतिको हुनुपर्ने,अन्य गाउँपालिकाको लोगो भन्दा भिन्न तथा मौलिक डिजाइनयुक्त हुनुपर्ने, लोगोमा समावेश भएका चित्र तथा शब्दहरूको मौलिक व्याख्या तथा विश्लेषण समेत समावेश भएको हुनुपर्ने बताएको छ ।

यसैगरी झण्डा डिजाइन सम्बन्धमा गाउँपालिकाले झण्डामा प्रयोग हुने रङ तथा चित्र सामाजिक र धार्मिक सहिष्णुता झल्कने प्रकृतिको हुनुपर्ने, झण्डामा प्रयोग हुने रङ तथा चित्रले अभिव्यक्त गर्न खोजेको अभिप्राय स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्ने, झण्डाको डिजाइन नेपालको राष्ट्रिय झण्डाको डिजाइनभन्दा भिन्न अलग देखिने हुनुपर्ने र झण्डाको आकार नेपालको राष्ट्रिय झण्डाको आकारको क्षेत्रफलभन्दा ठूलो हुनु नपर्ने भनेको छ ।

पालिका गान लेखनबारे गाउँपालिकाले गानमा प्रयोग हुने शब्दहरू सामाजिक र धार्मिक सहिष्णुता झल्कने प्रकृतिको हुनुपर्ने, बढीमा साठी शब्दसम्मको हुनुपर्ने र समग्र गाउँपालिकाको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक चरित्र झल्कने प्रकृतिको हुनुपर्ने जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयका अनुसार प्रस्ताव पेश गर्ने कार्यका लागि खुल्लारुपमा सूचना प्रकाशन गरिए बमोजिम सबैको सहभागिताका लागि खुल्ला गरिएकाले सबै सरकारी, सामुदायिक तथा सो प्रकृतिका संस्थामा कार्यरत कर्मचारीहरू समेत सहभागी हुन पाउनेछन् ।

प्राप्त हुन आएका डिजाइन तथा लेखन मध्येबाट छनौट हुने सर्वोत्कृष्ट लोगो, झण्डा र गानको डिजाइनर लेखन (१-१ वटा) लाई प्रति डिजाइनर लेखन पच्चिस हजार मात्रका दरले पारिश्रमिक तथा प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस