७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोरीलाई नक्कली कर्मचारी बनाएर उडाएको भन्दै संसदीय समिति बाबुको उजुरी

अ+ अ-

काठमाडौँ । गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयलाई लिएर न्याय र छानबिनको माग राख्दै संसदीय समितिमा उजुरी परेको छ । कञ्चनरुप नगरपालिका सप्तरी घर भई हाल बालकोट भक्तपुर बस्दै आएका प्रकाश खतिवडाले संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी हालेका हुन् ।

उक्त दुर्घटनामा खतिवडाले छोरी प्रिजा खतिवडा, ज्वाइँ मनुराज शर्मा र नाति अधिराजलाई गुमाएका थिए । सौर्य जहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षको जानाजान लापरबाही, प्राविधिक त्रुटि र मानवीय कमजोरी भएको उनले दाबी गरेका छन् ।

उक्त कुरा सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको भन्दै खतिवडाले आफू एयरलाइन्स, नागरिक उड्डयन कार्यालय, पर्यटन मन्त्रालय, प्रधानमन्त्रीलगायत विभिन्न निकायमा छानबिन र कारवाहीको माग लिएर याचना गरे पनि न्याय नपाएको गुनासो गरेका छन् ।

१२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजालाई फर्जी कागजात बनाएर सौर्यको व्यवस्थापनले एयरलाइन्सको कर्मचारीको नक्कली कर्मचारी बनाएको उनको भनाइ छ ।

पर्यटन मन्त्री बद्री पाण्डेले प्रिजालाई सौर्यकै कर्मचारी भनेर संसदमा बोलेको भिडिओ रेकर्ड र एयरलाइन्सका अध्यक्षसहितको अडियो पनि उनले प्रमाणका रूपमा पेश गरेका छन् ।

‘घटना भएको जहाजको उडान नै गैरकानुनी उडान हो । २१ वर्ष पुरानो ३४ दिन देखि ग्राउडेड सो जहाजको उक्त दिनको उडानलाई ‘फेरी उडान’ भनिएको छ । उक्त तथ्यलाई सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको छ । फेरि उडान गर्दा ५ जना भन्दा बढी र उडानसँग असम्बन्धित यात्रु बोक्न नपाइने स्पष्ट कानूनी व्यवस्था छ । ‘फेरी उडान’ लाई प्राविधिक भाषामा प्रारम्भिक मर्मत सम्हार गर्न लगिएको उडान भनिन्छ । यसरी गैरकानूनी उडानमा कानून विपरीतका यात्रु बोकेर १८ जनाको नरसंहार गरिएको छ’, खतिवडाको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस