डोल्पा । डोल्पा जिल्लाको सदरमुकाम दुनैबाट सामान सहित शे-फोक्सुन्डो तर्फ जाने क्रममा ठुलिभेरि नगरपालिका वडा नं. ११ स्थित कागेनिमा भिरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका एक स्थानीय व्यक्तिको उद्धार गरिएको छ।

घटनामा गम्भीर घाइते व्यक्तिलाई नेपाली सेनाको टोलीले तत्कालै प्राथमिक उपचार प्रदान गर्दै थप उपचारका लागि जिल्ला अस्पताल दुनै पुर्याएको छ। सेनाको तिव्र र सक्रिय सहभागिताका कारण घाइते व्यक्तिलाई समयमै उपचारका लागि अस्पताल पुर्याउन सम्भव भएको जनाइएको छ ।
घाइतेको अवस्था र थप उपचारबारे विस्तृत जानकारी आउन बाँकी छ।