७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायण गोपाल संगीत कोष भवन सबैको पहुँचयोग्य बनाउन निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्माणाधीन नारायण गोपाल संगीत कोषको भवनको अनुगमन गरेकी छन् । अनुगमनको क्रममा उपप्रमुख डंगोलले भवनको संरचना सबैको पहुँचयोग्य हुनुपर्ने बताइन् ।

महानगरले निर्माण गरिरहेको भवनको अनुगमनका क्रममा लिफ्ट जडानको योजना नभएको जानकारी पाएपछि उनले लिफ्ट जडान गर्न समेत निर्देशन दिइन् ।

अनुगमन समितिकी संयोजक समेत रहेकी डंगोलले भवनको भित्री संरचना लैंगिकमैत्री बनाउन समेत निर्देशन दिएकी हुन् ।

‘सार्वजनिक भौतिक संरचना सबैका लागि हुन् । अपांगता भएका व्यक्ति जान नसक्ने भयो भने त्यो अधुरो हुन्छ,’ डंगोलले  भनिन्, ‘भवनभित्रका शौचालय महिला र बालबालिकामैत्री हुनुपर्छ ।’

भवन निर्माणका लागि ७ चैत २०८० मा कार्यादेश दिएको दिइएको थियो । यसको निर्माण कार्य आउँदो माघ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्छ ।

भवन करिब २ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ । ४ तले भवनको भूमिगत र बाहिर गरी १० वटा चारपाङ्ग्रे र ५ वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ स्थल हुनेछ ।

इन्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवनको जमिन तला र पहिलो तला कार्यालय प्रयोजनका लागि हुनेछ । दोस्रो तलामा साउन्ड प्रुफ स्टुडियो बनाइनेछ । भवनको बाहिरी स्वरूप परम्परागत नेपाली शैलीको छ ।

भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चारपाङ्ग्रे सवारीसाधन र २० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । त्यस क्षेत्रमा करिब १ रोपनी जग्गा छ ।

उपप्रमुख डंगोलले बुधबार नै वडा नम्बर २ स्थित गैरीधाराको सहमति मार्गको अनुगमन समेत गरेकी छन् । यस मार्गमा सडक र ढल मर्मत गर्ने काम भएको थियो । २०७९ वैशाख १५ गते सम्झौता भएको यो काम २०८० को असोज मसान्तभित्र सक्नु पर्ने थियो । यस अवधिमा काम नसकिएपछि २०८१ असोज ३० गतेसम्मका लागि म्याद थपिएको थियो । यसका लागि ३७ लाख ३१ हजार रुपैयाँ हो ।

प्रतिक्रिया दिनुहोस