काठमाडौँ । बाँकेमा निर्माणधीन ‘नौवस्ता औद्योगिक क्षेत्र’को निर्माण प्रक्रिया अगाडि बढाउन बाँके बैजनाथको सर्वदलीय टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।
सर्वदलीय टोलीले आज खुमलटार पुगेर औद्योगिक क्षेत्र निर्माणका विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका हुन् ।
‘प्रचण्ड’ नेतृत्वको सरकारले अघि बढाएको यो योजना अहिलेको सरकारले अलपत्र पारेको भन्दै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले पहल गरिदिन नेपाली काँग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले समेत आग्रह गरेको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
औद्योगिक क्षेत्र निर्माणको लागि आफ्नो पहल निरन्तर रहने ‘प्रचण्ड’ले प्रतिबद्धता जनाएका छन् ।