काठमाडौँ । बसपार्क एरियामा यात्रुहरूलाई दु:ख दिने १८ जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्क एरिया तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी प्रलोभनमा पारी बार्गेनिङ गर्ने र कानुन विपरीत अत्यधिक सेवा शुल्क लिने बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार दिउँसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी १८ जना व्यक्तिहरू नियन्त्रणमा लिइ उनीहरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालले जनकारी दिए ।
पक्राउ पर्नेहरूको विवरण :
१. बिन्दवासिनी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २१ को सञ्जीव गुप्ता।
२.वीरगन्ज महानगरपालिका वडा नं. ८ बस्ने वर्ष ५१ को विजय साह ।
३. वीरगन्ज महानगरपालिका वडा १० रानीघाट बस्ने वर्ष १८ को बजरंगी महतो।
४. वीरगन्ज महानगरपालिका वडा १० रानीघाट बस्ने वर्ष २२ को राहुल महतो।
५. वीरगन्ज महानगरपालिका वडा १० रानीघाट बस्ने वर्ष ३८ को विजय साह ।
६. वीरगन्ज महानगरपालिका वडा १० रानीघाट बस्ने वर्ष २८ को फिरोज खान ।
७. भारत बिहार जिल्ला मोतिहारी बकतीरा बस्ने वर्ष २५ को जटाशंकर कुमार ।
८. रौतहट माधवनारायण नगरपालिका वडा नं. १ बस्ने वर्ष २५ को नरेश साह सोनार ।
९. गोरखा न.पा. वडा नं. ९ बस्ने वर्ष २६ को सुशान्त कुँवर ।
१०. वीरगन्ज महानगरपालिका वडा १० बस्ने वर्ष ३५ को प्रभु पटेल ।
११. वीरगन्ज महानगरपालिका वडा १५ बस्ने वर्ष ३१ को सन्देश सिंह ।
१२. वीरगन्ज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २० को विकास पटेल।
१३. वीरगन्ज महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३१ को जय पुजन ठाकुर
१४. वीरगन्ज महानगरपालिका वडा नं. ११ वर्ष २३ को मनिष महतो।
१५. वीरगन्ज महानगरपालिका वडा नं. ११ वर्ष २२ को चन्दन कुमार चौरसिया ।
१६. वीरगन्ज महानगरपालिका वडा नं. ११ वर्ष ३५ को सन्तोष महतो ।
१७. वीरगन्ज महानगरपालिका वडा नं. १४ बस्ने वर्ष २३ को इद मियाँ धोबी ।
१८. वीरगन्ज महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ४० को सुरज भगत माली।