काठमाडौँ । स्टार्टअफ उद्यम कर्जाका लागि ५ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तरगत रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार अनलाइन र अफलाइनबाट गरेर ५ हजार १६१ फर्मले स्टार्टअप उद्यम कर्जा कार्यक्रम २०८१ मा सहभागिताका लागि आवेदन दिएका हुन् ।
प्रतिष्ठानका अनुसार अफलाइनमार्फत १ हजार ८३८ र अनलाइनबाट ३ हजार ३३२ ले फर्म दर्ता गराएका हुन् । स्टार्टअप उद्यम कर्जा सञ्जालन कार्यक्रम २०८१ अन्तर्गत परियोजना प्रस्ताव आव्हान गरिएकोमा गत भदौ ११ देखि भदौ ३१ सम्म दर्ता भएका परियोजनाको दर्ता नम्बर, परियोजनाको नाम र ठेगानासहित प्रतिष्ठानले फर्मको सूची सार्वजनिक गरेको हो । प्रतिष्ठानले यी सबै दर्तामात्रै भएको तर, सर्ट लिष्ट नभएको भन्दा तत्काल सर्टलिष्ट गरेर सूची प्रकाशित हुने जनाएको छ ।
नेपाल सरकारले १ अर्ब रुपैयाँ रकम स्टार्टअप कर्जाको रूपमा प्रदान गर्न लागेको हो । स्टार्टअप कर्जा प्रवाहका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर यस अघि नै भइसकेको छ ।